अर्घाखाँचीमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि,८२ जना डिस्चार्ज

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ८ जना, भुमिकास्थान नगरपालिकामा १४ जना, शितगंगा नगरपालिकामा १२ जना र छत्रदेव गाउँपालिकामा १५ जनामा कोरोना पुष्टि भएको हो ।यो सँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या १९ सय २६ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा जिल्ला भर बाट ८२ जनाले कोरोना लाई जितेर डिस्चार्ज भए सँगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ११ सय ५७ पुगेको छ ।अब जिल्लामा सक्रिय कोरोना संक्रमित संख्या ७ सय १९ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

आज कोरोना संक्रमण बाट थप ३ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ४ का ८९ वर्षिय पुरुष र शितगंगा नगरपालिका वडा नम्बर ४ का ४६ वर्षिय पुरुषको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्क र  पाणिनी गाउँपालिकामा वडा नम्बर ५ का ५६ वर्षिय पुरुषको भिम अस्पताल भैरहवामा मृत्यु भएको हो। कोरोना संक्रमण बाट जिल्लामा हाल सम्म मृत्यु हुनेको संख्या ५१ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close