पाल्पाबाट छुटेको बस नवलपुरमा दुर्घटना ५ को मृत्यु,२४ घाइते

काठमाण्डौ । नवलपुरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाल्पाको हुँगीबाट गोरखाको मनकामना मन्दिर दर्शन गर्न छुटेको ना ६ ख ७५८० नम्बरको बस कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिकामा दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।
बसमा रहेका २९ जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र घाइते २४ जनालाई उपचारका लागि चितवन पठाइएको पनि उहाँले जानकारी दिनुभयो । बस बिहान ४ बजे दुघर्टना भएको बताएको छ ।
कमेन्ट गर्नुहोस !