अर्घाखाँचीमा सामाजिक सुरक्षा भत्ताको लागि अनिवार्य राष्ट्रिय परिचय पत्र आवश्यक छैन

सन्धिखर्क ।नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र बिभागको जेष्ठ ३० गतेको निर्णय अनुसार बालबालिका ,आफ्नो हेरचाह गर्न नसक्ने अशक्त असहाय वा ९० बर्ष माथिका जेष्ठ नागरिकको हकमा परिचय पत्रमा विवरण दर्ता नभएपनी सामाजिक सुरक्षा भत्ता लिन बाधा नपर्ने बताएको छ ।
( राष्ट्रिय परिचय पत्र नभए पनि हुने ) साथै नेपालका २८ जिल्लाका केही पालिकामा २०८२ सालको असार मसान्तसम्म लाई अनिवार्य बनाए पनि अर्घाखाँची जिल्लामा राष्ट्रिय परिचय पत्र अनिवार्य नभएकोले सोही अनुसार आफ्नो फुर्सदमा मात्र बनाउनु हुन र हतार नगर्नु हुन जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस !