जिल्ला अस्पताल सन्धिखर्क लाई १५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

सागर महत /अर्घाखाँची ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अक्सिजन सिलिन्डरको अभाव लाई मध्ये नजर गदै सदरमुकाम सन्धिखर्कमा रहेका घरेलु तथा साना उद्योगहरु बाट संकलन गरि १५ थान अक्सिजन सिलिन्डर जिल्ला अस्पताल सन्धिखर्क लाई हस्तान्तरण गरेको छ ।
जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ५ थान अक्सिजनसहित सिलिन्डर र १० थान खाली सिलिण्डर
व्यवसायीकै सहमति संकलन गरि प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल बाट जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतमलाई हस्तान्तरण गरिएको छ।
कमेन्ट गर्नुहोस !