बुटवलमा तीन जना कोरोना संक्रमितको मृत्यु

बुटवल ।बुटवलमा कोरोना बाट ३ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल मा रहेको कोरोना विशेष अस्पतालमा उपचारत रुपन्देही,कपिलबस्तु र अर्घाखाँची एक–एक जना संक्रमितको मृत्यु भएको बताईएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका १ निवासी ७१ वर्षिय महिलाको आज विहान मृत्यु भएको हो ।त्यसै गरी कपिलबस्तुको वाडगंगा नगरपालिका ३ निवासी ७१ वर्षिय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशीक अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो। यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका ५ कि ७९ वर्षिय महिलाको आज विहान सवा ९ बजे मृत्यु भएको हो ।
कमेन्ट गर्नुहोस !