निर्देशक सुमन सागर जंग केसीको निर्देशनमा नयाँ गीत सार्वजनिक

अभिनव चौहान/काठमाडौं।
अर्घाखाँची जिल्ला घर भई काठमाडौंमा लामो समय देखि गीत संगीतको यात्रामा काम गर्दै आएका सुमन सागर जंग केसीको निर्देशनमा यस गीत सार्वजनिक भएको हो। गायिका सुनिता तिमल्सिनाको यस गीतमा उनको आवाजसँगै अभिनय पनि हेर्न सकिन्छ अभिनयमा उनलाई सक्किगोनी टेलिचलचित्रका कलाकार तथा मोडल हरिश निरौलाले साथ् दिएका छन् । यस भिडियोमा हरिश निरौला (कक्रोज ) फरक भूमिकामा देखिएका छन ।
नरेश भट्टराईको शब्दमा बद्री सेवाले संगीत गरेको यस गीतलाई रोमान्टिक नम्बरमा बनाईएको छ । निर्देशक सुमन सागर जंग केसीले निदेशन गरेको यस गीतमा कोरियोग्राफी भने रोशन बिकले गरेका छन । गीतलाई गायिका सुनिता तिमल्सिनाको आफै युटुब च्यानल सुनिता तिमल्सिनाबाट सार्वजनिक गरिएको छ ।
https://youtu.be/QLi0ULTyH8U




कमेन्ट गर्नुहोस !