नेपाली कागजी नोटको ७५ वर्षे इतिहास

वि.स. २००२ मा राजा त्रिभुवन र राणा प्रधानमन्त्री जुद्ध शमशेरको पालामा नेपालमा पहिलो कागजी नोट निस्किएको नेपाल राष्ट्र बैंकको रेकर्डमा भेटिन्छ । त्यसलाई आधार मान्ने हो भने नेपालमा कागजी नोटको इतिहास ७५ वर्ष पुरानो भइसक्यो ।

पहिलो नोटदेखि अहिलेका नोटमा पनि कसले हस्ताक्षर गर्छ । निकै महत्वपूर्ण मानिन्छ । राष्ट्र बैंकको गभर्नर पदलाई आकर्षक पदका रूपमा लिइनुको एउटा कारण हो( नोट हस्ताक्षरकर्ता ।

आम जनताको हातहातमा पर्ने नोटको हस्ताक्षरकर्ता भएकाले आकर्षक हुनु स्वभाविक पनि हो । गभर्नरको कार्यकाल सकिने बेला चिरञ्जीवी नेपालले भनेका थिए, ‘पाल्पाबाट काठमाडौं छिरेको एक गाउँले केटोले नेपालको गभर्नर बन्छु र नोटमा हस्ताक्षर गर्छु भन्ने सपना देखेको थिएन । तर, समयले बनाइदियो ।’ यसले पनि देखाउँछ गभर्नर चिनाउने मुख्य तत्व नै नोटको हस्ताक्षर हो ।

२००२ मा सदरखानाबाट निस्किएको नोटमा खजान्ची ९ढुकुटी वा भण्डारको जिम्मा लिने अधिकारी० को हस्ताक्षर हुने गरेको थियो । नेपाली नोटमा पहिलो हस्ताक्षर खजान्ची जनकराज पण्डितले गरेको देखिन्छ । जनकराज पण्डितदेखि महाप्रसाद अधिकारीसम्म आउँदा नेपाली नोटमा २१ जनाले हस्ताक्षर गरेका छन् । जसमा तीन जना खजान्ची, एक जना कामु गभर्नर र १७ जना गभर्नरले हस्ताक्षर गरेका छन् ।

पहिलो गभर्नर हिमालय शमशेर राणा, फोटो स् नेपाल(पाकिस्तान फ्रेण्डसिप एण्ड कल्चरल एसोसिएसन
खजान्ची जनकराज, भरतराज र नरेन्द्रराज रहेका थिए । कामु गभर्नर भएर पनि नोटमा हस्ताक्षर गर्न पाउने अवसर कृष्णबहादुर मानन्धरले पाएका थिए ।

२००२ देखि २०१३ सालसम्मको नोटमा खजान्चीको हस्ताक्षर भएको छ भने २०१३ सालमा राष्ट्र बैंकको स्थापनापछि गभर्नरको हस्ताक्षरमा ७ फागुन २०१६ देखि नोट आउन थालेका थिए ।

नोटमा किन गभर्नरको हस्ताक्षर रु

नोटमा किन चाहिन्छ गभर्नरको हस्ताक्षर रु नेपाल राष्ट्र बैंकमा पूर्वमुद्रा विभाग प्रमुख लक्ष्मीप्रपन्न निरौला भन्छन्, ‘सरकारको ट्रेजरले गरेको प्रतिबद्धताका लागि नोटमा गभर्नरको हस्ताक्षर हुन्छ, हस्ताक्षर माथि लेखिएको हुन्छ( जमानत प्राप्त यस रुपैयाँ भुक्तानी नेपाल राष्ट्र बैंकबाट तुरून्त पाइनेछ,’ निरौला भन्छन्, ‘पैसाको सुरक्षण छ भन्ने प्रतिबद्धताका लागि गभर्नरको हस्ताक्षर चाहिन्छ । संसारभरका नोटमा गभर्नरको हस्ताक्षर हुन्छ ।’ सरकारले गरेको सुरक्षण रकमको साक्षी भएको नाताले गर्भनरले हस्ताक्षर गर्ने गर्छ ।

च्क्ष्त्श्क्जष्पजबच क्ष्लकगचबलअभ
के हो हस्ताक्षरको प्रकिया रु

जब गभर्नर परिवर्तन हुन्छ, त्यसपछि टेण्डर प्रकिया पूरा गरेर छापिने नोटमा गभर्नरको हस्ताक्षर पनि परिवर्तन हुन्छ । गभर्नरको हस्ताक्षर भने मन्त्रिपरिषद्‍बाट स्वीकृत गराउनु पर्छ ।

नयाँ गभर्नरले अब छापिने नोटमा हुने हस्ताक्षरको सक्कल मन्त्रिपरिषद्‍मा पठाउनु पर्ने हुन्छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेको हस्ताक्षरलाई राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले राखेको हुन्छ ।

नोटको टेण्डर प्रकिया पूरा भई नोट छापिने क्रममा टेण्ड हात पाने कम्पनीलाई मुद्रा व्यवस्थापन विभागले हस्ताक्षर उपलब्ध गराउँछ । सोही हस्ताक्षर नोटमा छापिन्छ ।

कुन नोटमा कसको पहिलो हस्ताक्षर ?

जनकराजको पालामा ल्याइएको नोट ५, १० र १ सय मोरु ६ मोरू ९महोर रुपैयाँ० लेखिएका यी नोटमा पहिलो हस्ताक्षर जनकराजको हो । तीनै नोटमा खजान्ची भरतराज र नरेन्द्रराजले नेपाली नोटमा हस्ताक्षर गरेको रेकर्डमा उल्लेख गरिएको छ । तर, २००९ मा नरेन्द्रराजको पालामा मोरु १ निष्कासन भयो । यस हिसाबले मोरू एक रुपैयाँको पहिलो हस्ताक्षर गर्ने खजाञ्जी नरेन्द्रराज हुन् । गभर्नरका रुपमा भने पहिलो हस्ताक्षरकर्ता हिमालय शमशेर राणा हुन् ।

राष्ट्र बैंकको रेकर्डअनुसार २०२६ सालमा पहिलो पटक एक हजार रुपैयाँको नोट निष्कासन भयो भने २०२८ मा पाँच सय रुपैयाँको नोट निष्कासन भएको थियो । हजार र पाँच सयको नोटमा पहिलो हस्ताक्षर गर्ने गर्भनर यादवप्रसाद पन्त हुन् । २०३९ सालबाट निष्कासन सुरू भएको २० को नोटमा पहिलो हस्ताक्षर कल्याणविक्रम अधिकारी भएको देखिन्छ ।

२०३४ सालमा निष्कासन सुरू भएको ५० रुपैयाँको नोटमा पहिलो हस्ताक्षर गर्ने गर्भनर कुलशेखर शर्मा थिए । २०३८ सालबाट प्रचलनमा ल्याइएको दुई रुपैयाँको नोटमा पहिलो हस्ताक्षर कल्याणविक्रम अधिकारी गभर्नर थिए । २०५२ सालमा नेपालमा दुई सय ५० को नोट पनि निष्कासन भएको थियो । २५० र २५ रुपैयाँ दरको नोटमा पहिलो हस्ताक्षर गर्ने गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठ थिए ।

२०६३ असोज ६ मा नेपाल सरकार लेखिएको पहिलो पाँच रुपैयाँको नोट निष्कासन भएको थियो । जुन नोटमा पहिलो हस्ताक्षर तत्कालीन गभर्नर विजयनाथ भट्टराईले गरेका थिए ।

अहिले नेपाली बजारमा गभर्नर महाप्रसाद अधिकारीको पाँच र १० रुपैयाँको नोट पनि आएका छन् ।

यसरी छापिन्छ नयाँ नोट

राष्ट्र बैंक अनुसन्धान विभागले देशको अर्थतन्त्रको आकार र सम्भावित विस्तारलाई मध्यनजर गर्दै आगामी वर्षमा चाहिन सक्ने नोट आवश्यकता पहिचानसहित सिफारिस गर्छ । त्यसक्रममा विगतको ुट्रेन्डु लाई पनि केलाइन्छ । त्यही आधारमा बैंकको सञ्चालक समितिको नोट निष्कासनसम्बन्धी निर्णयपछि मुद्रा व्यवस्थापन विभागले नोटको दर र परिमाण एकिन गर्छ । त्यसैअनुसार विश्वव्यापी टेन्डर आह्वान गरिन्छ ।

बोलपत्र आह्वानपछि खरिद नियमावली अनुसार सस्तो र भरपर्दो कम्पनीलाई नोट छपाइको जिम्मा दिइन्छ । नोट छपाइको विशेष किसिमको प्रविधि र विशेषज्ञता चाहिने भएकाले थोरै मुलुकमा मात्र नोट छपाइ कम्पनी रहेका छन् । जर्मनी, नेदरल्याण्ड, अष्ट्रेलिया, बेलायत, फ्रान्स, इन्डोनेशिया, केन्या, माल्टाका कम्पनीले नेपालको नोट छापिरहेका छन् । पछिल्लो पटक भने चाइनिज कम्पनीले पनि नेपाली नोट छपाइको जिम्मा पाएको थियो ।

नोटको सुरक्षण

राष्ट्र बैंक वा सरकारले जति मन लाग्यो त्यति नोट छाप्न पाउँदैन । नोट छाप्नका त्यस रकम बराबर सुरक्षण सरकारसँग हुनु पर्छ । जति मोल बराबरको नोट छाप्ने हो, त्यसै अनुसारको सुरक्षण राख्नुपर्ने हुन्छ ।

विभागको सुरक्षण राखेको जानकारी गराएपछि मात्र मुद्रा निष्कासनको काम सुरु हुन्छ । सुन, विदेशी मुद्राले नपुगेको खण्डमा केन्द्रीय बैंकले खरिद गरेको सरकारको ऋणपत्रलाई पनि सुरक्षण राख्न सकिन्छ ।

नोट कम छाप्ने नीति

विश्‍वभरका सरकारले नै नोट कम छाप्ने नीति अघि सार्ने गर्छन् । यसको कारण नोट छाप्न हुने खर्च घटाउने हो । पछिल्लो समय नेपालमा पनि विद्युतीय कारोबारलाई प्रोत्साहन गरिएको छ । अघिल्लो गर्भनर नेपाल बाहिरने क्रममा उनले हस्ताक्षर गरेको गरिब पाँच खर्ब रुपैयाँ बराबरको नोट बजारमा रहेका थिए । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक जति सक्यो कम नोट छपाइ गर्ने नीतिमा रहेको बताए ।

ुनोटमा मैले हस्ताक्षर गर्ने हो तर नोट कसरी कम छाप्ने भन्ने योजनामा हामी छौँ,ु गत महिना क्युआर कोर्ड वितरण गर्ने क्रममा सिन्धुली पुगेका गभर्नर अधिकारीले भनेका थिए ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला सफा नोट नीतिलाई कार्यान्वयन नगरेसम्म कम नोट छाप्ने नीति सफल हुन नसक्ने बताउँछन् । ुविद्युतीय कारोबारलाई प्रबर्द्धन मात्रै होइन, सफा नोट नीतिलाई अक्षरस कार्यान्वयन नगरेसम्म नोट छपाइ घटाउन सकिँदैन,ु निरौलाले भने । -शिलापत्रमा भागवत भट्राइले यो समाचार लेखेका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close