सिराहामा बम विस्फोट ७ घाइते

सिराहा ।सिराहामा आज बम विस्फोट विस्फोट भएको छ। जिल्लाको लाहान नगरपालिका मा रहेको मालपोत कार्यालयमा बम विस्फोट भएको बतााइएको छ ।विष्फोटमा परी सात जना घाइते भएका छन् । घाइते मध्ये सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिनुभयो।
बमविस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ । सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो।
कमेन्ट गर्नुहोस !