चट्ट कलम रेलिमै भाग ३ बारुली बोलको गीत सार्वजनिक

अभिनव चौहान /अर्घाखाँची ।पछिल्लो समयमा हाम्रो मौलिकता र हाम्रो मौलिक परम्परालाई धेरै माया गर्न थालेका छौँ।हाम्रो गाउँ पाखा पखेरोलाई हामी धेरै माया गर्छौं।हामी आफ्नो गाउँघर देखि टाढा हुँदा पनि यहीँ गाउँ घरकै मायाले सताउने गर्दछ।अझ भनौं कुनै चाडपर्व आयो भने झनै धेरै गाउँको झल्को र मायाले सताउने गर्दछ। धेरै चाडपर्वहरु मध्येको एउटा रमाइलो पर्व र नारीले आफ्नो वेदना पोख्ने चाडपर्वको रूपमा तीजलाई लिइन्छ।
तीज गीतहरुमा बिकृती बिसङती भित्रन दिनु हुदैन।मौलिक गीतलाई माया गर्नुपर्छ भन्ने मान्यता बोक्दै आएका शोभाखर संगीतले यतिबेला चट्ट कलम रेलिमै भाग १ र २ गर्दै भाग ३ बारुली पनि सार्वजनिक गरेका छन्। शोभाखर संगीतको लय तथा शब्द सिर्जना शोभाखर संगीत र चिज गुरुङको सुमधुर आवाज विश्वास नेपालको एरेन्ज, सन्तोष शर्मा, शितल पाण्डे, विश्वास नेपाल र अस्मिता रणपालको डान्स तथा अभिनयमा बारुली बोलको तीज गीत सार्वजनिक भएको हो। काजिस श्रेष्ठको निर्देशन, राजेश घिमिरेको छायांकन र दीपक विष्टको सम्पादनमा गीत तयार भएको छ।गीतको बजार व्यवस्थापन अर्घा दरबार फिल्मसले गरेको हो। पूरा भिडियो हेर्नको लागि ।
कमेन्ट गर्नुहोस !