एमाले फुट्यो ,माधव नेपाल नेतृत्वको पार्टीको नाम नेकपा एमाले समाजवादी’ बनाउने निर्णय

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेतृत्वमा रहेको समुहले नयाँ दल दर्ता गर्ने भएको छ । नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै नेपाल समूहलाई नयाँ दल बनाउने बाटो खुलेको हो।यो सँगै नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगतर्फ लागेका छन् ।प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी एमालेका कूल सांसद १५५ जना छन्। अध्यादेशअनुसार यसको २० प्रतिशत भनेको ३१ जना सांसद हुन्छन्। नेता नेपाल पक्षले आफ्नो पक्षमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी ३४ जना सांसद रहेको दाबी गरेको छ।
कमेन्ट गर्नुहोस !