अर्घाखाँचीका जेन्जी युवा सरसफाइ अभियानमा सक्रिय

सन्धिखर्क, असोज २६ ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा रहेको बाँगी खोलामा जेन्जी युवाले सरसफाइ अभियान चलाएका छन ।सदरमुकामको मुख्य खोला भएका कारण पनि फोहोर बढी हुने र प्रदुषण बढी हुने भएकाले शनिबार यो अभियान संचालन गरिएको हो।
समाजमा स्वच्छता, एकता र सकारात्मक सन्देश फैलाउने उद्देश्यका साथ अभियान चलाएको जनाएको छ ।यस अघि सन्धिखर्क नगरपालिकाले फोहोर संकलन गर्ने अभियान चलाएको थियो। अहिले त्यो रोकिदा फोहोर समेत बढेको थियो ।
यस अघि जेन्जी युवा सन्धिखर्क सडकका खाडल समेत पुरेका थिए ।
कमेन्ट गर्नुहोस !