मुलुक गम्भिर परिस्थितिमा छः लयमा ल्याउन राष्ट्रभक्त मोर्चाबन्दी आवश्यकः नेपाली

गोपाल प्रसाद भट्टराई असौज २४,अर्घाखाँची ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्त बहादुर नेपालीले मुलुकको राजनिति गम्भिर परिस्थितिमा पुगेको जिकिर गर्नुभएको छ ।अस्थिर राजनितिक अवस्थामा गुज्रिएको नेपाल जेनजी पुस्ताको आन्दोलन पश्चात थप कमजोर अवस्थामा पुगेको उहाँको तर्क छ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अर्घाखाँचीले शुक्रबार सन्धिखर्कमा आयोजना गरेको देशको राजनितिक परिस्थिति र निकासको प्रश्न बिषयकअन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेता नेपालीले यस्तो बताउनुभएको हो ।

बिशम् परिस्थितिबाट मुलुकलाई राजनितिकका निम्ती सबै दल, जेनजी र राष्ट्रप्रेमी नेपालीहरुको एउटै मोर्चा बनाउनुपर्नेमा उहाँको जोड छ ।जेनजी पुस्ताको आन्दोलनले संसदीय तथा पँुजीवादी व्यवस्था असफल सिद्ध गरेको भन्दै नेता नेपालीले जेनजीको आन्दोलनमा घुसपैठ भएको आरोप समेत लगाउनुभएको छ ।
अमेरिका र भारत दुवै देशले आफ्नो स्वार्थ पुरा गर्न नेपालीयुवालाई प्रयोग गरि देश जलाउनु दुःखद भएको उहाँको तर्क छ । जेनजी पुस्ताले उठाएका माग जायज हुँदाहुँदैपनि प्रदर्शनमा अराष्ट्रवादी तत्वको चलखेलले देश गम्भिर
स्थितिमा पुर्याएकोले त्यस्ता देशद्रोहि शक्तिको परास्तीमा तेरो या मेरो नभनि मोर्चाबन्दी गरि अगाडि बढ्नु अहिलेको आवश्यकता भएको नेता नेपालीको धारणा रहेको छ ।
जेनजी आन्दोलन पश्चात बनेको अन्तरिम सरकार पनि भारत र अमेरिकाको डिजाइनमा बनेको दाबी गर्दै नेता नेपालीले देशमा अर्को बिद्रोह हुन सक्नेतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।कार्यक्रममा अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र बस्याल, नेपाली कांग्रेस अर्घाखाँचीका उप–सभापति बिष्णु प्रसाद भुसाल, नेकपा माओवादी केन्द्रका नेता भेष बहादुर के।सी।, राष्ट्रिय स्वतन्त्र पार्टीअर्घाखाँचीका सभापति हरी प्रसाद भुसाल, राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका कोषाध्यक्ष गोविन्द विसी, नेकपाका नेता बिजय सी र नेसपा नयाँशक्तिका नेता पुश्करनाथ आचार्यले सम्बोधन गर्नुभएको थियो ।

यस्तै नेपाल पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष रुद्रमणी भुसाल,लुम्विनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीका सदस्य गोपाल प्रसाद भट्टराई, अधिवक्ता केवि भुसाल, दलित अधिकार कर्मि बिष्णु परियार र इन्सेक अर्घाखाँचीका प्रतिनिधि कुल बहादुर नेपालीले पनि कार्यपत्रमाथि टिप्पणी गर्दै आफ्नो धारणा राख्नुभएको थियो ।
वक्ताहरुले भाद्र २३ र २४ गते भएको आन्दोलन सुद्ध जेनजीको मात्र बन्न नसक्नु दुःखद भएको बताएका छन् । आन्दोलनको नाममा टाउको ताकि ताकि गोली हानेर ज्यान मार्ने र देशका सार्वभौम सम्पत्तिमाथि आगजनी गरेर ध्वस्त पार्ने दुवैपक्षलाई निष्पक्ष छानबिन गरि कार्बाहीको कष्टडीमा उभ्याउनुपर्नेमा उनिहरुको जोड रहेको छ ।
जिल्ला अध्यक्ष राजेन्द्र नेपालीको अध्यक्षता, राम बसुको स्वागत मन्तव्यर अशोक थापाको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला स्थित अन्य राजनैतिक दल, पत्रकार, नेपाल बार सहितका विभिन्न सामाजिक संघ÷सं

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close