अर्घाखाँचीमा मदिरा सेवन गरि छोराद्वारा बुबाको हत्या

सागर महत,असार २६,सन्धिखर्क ।अर्घाखाँचीमा छोराले बुबाको हत्या गरेका छन ।
जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १२ को बाँसखर्कमा ७२ बर्ष को जंग बहादुर नेपालीको झड्केलो छोरा झुपे नेपालीले कुटपिट गरी बुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।मदिरा सेवन गरि कुटपिट गरेको खुलेको छ ।अहिले कुटपिट गर्ने झुपे नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको मल्लको भनाई छ ।
कमेन्ट गर्नुहोस !