शान्ति सुरक्षा कायम गर्न आफू सधै लागि पर्नेःप्रजिय अर्याल

सागर महत ,असार १७अर्घाखाँची ।नव नियुक्त अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जिल्लाका पत्रकारहरूसँग भेटघाट गर्नुभएको छ ।जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लाको शान्ति सुरक्षाको विश्वासनीयतासँगैै सुशासन कायम गर्न आफू सधै लागि पर्ने बताउनुभएको छ। आफुले अन्य जिल्लाहरुमा पनि प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेकाले जिल्लाको सम्रग विकासका लागि आफूले सबैको साथ सहयोग पाउने प्रमुख जिल्ला अधिकारी अर्यालले विश्वास व्यक्त गर्नुभएको छ ।यस्तै तिनै निकायका तह संग समन्वयमा काम गर्ने प्रतिबद्वता पनि जनाउनुभएको छ ।

प्रेसप्रति आफ्नो सकारात्मक दृष्टिकोण रहेको बताउँदै सुशासन, सेवा प्रवाह, र कानूनको कार्यान्वयनमा सञ्चारकर्मीहरूको भूमिकालाई महत्वपूर्ण भएको अर्यालले उल्लेख गर्नुभयो ।भेटघाट कार्यक्रममा जिल्ला स्थित विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरूको उपस्थिति थियो।

पत्रकारहरूले जिल्लाका समस्या, सूचना प्रवाहको सहजता, र नागरिक हितका विषयमा आफ्नो धारणा राखेका थिए।कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य, जिल्ला अध्यक्ष गणेश खनाल लगायतको सहभागीता रहेको थियो ।कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close