अर्घाखाँचीमा वनमार ,पातीझार र चरिअमिलो जस्ता मिचाहा प्रजातीले कृषकको उत्पादन घटायोः श्रेष्ठ

सागर महत,असार १०अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्कमा मिचाहा प्रजाती को व्यवस्थापनसम्बन्धी एकदिने कार्यशाला गोष्ठीसम्पन्न भएको छ। उक्त कार्यशालामा सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरू लगायत को सहभागिता रहेको थियो।
कार्यशालामा मिचाहा प्रजातीहरूले पार्ने असर, नियन्त्रणका उपाय, स्थानिय समुदायको भूमिका र नीति तहमा आवश्यक सुधारबारे कार्यपत्र प्रस्तुत गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सिनियर वन अधिकृत मोहनप्रसाद श्रेष्ठले बताउनुभयो ।
विशेष गरी जिल्लामा मिचाहा प्रजाती अन्तर्गत कालो वनमारा,सेतो वनमारा काँडे वनमारा ,पातीझार ,सेतो गन्धे, चरिअमिलो जस्ता मिचाहा प्रजातीले गर्दा कृषकको उत्पादन घट्दै गएको श्रेष्ठको भनाई छ। कार्यक्रममा सहभागीहरुले जिल्लामा मिचाहा प्रजातीको कुनै फाईदा नरहेको र कृषि भुमीको उत्पादन घटाएको बताएका थिए ।
मिचाहा प्रजातीले हाम्रो स्थानीय प्रजाती, जमिनको उर्वरता, वनस्पति तथा जीवजन्तुमा नकारात्मक प्रभाव पारिरहेको छ, त्यसैले वैज्ञानिक तथा स्थानीय ज्ञानको संयोजनमार्फत दीर्घकालीन समाधानका लागि यो कार्यक्रम प्रभावकारी हुने गण्डकी जलाधार जलवायु उत्थानशीलका संयोजक डक्टर राजन प्रसाद पौड्ेलले जानकारी दिनुभयो ।
सहभागीताको तर्फबाट अशोक कुमार श्रेष्ठ र सिता पन्थीले सुझाव दिदै राज्यले मिचाहा प्रजाती रोकथामको लागि कानुन निर्माण गर्न जरुरी रहेको बताउनुभयो ।कार्यक्रम डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजना र गण्डकी जलाधार जलवायु उत्थानशीलको समन्वयमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !