अर्घाखाँचीमा डढेलो नियन्त्रणको लागि संजाल गठन

सुर्य भुसाल ,सन्धिखर्क ।
अर्घाखाँची डिभिजन बन कार्यलय ले जिल्ला भित्र का विभिन्न वनमा जथाभावी हुने डढेलो नियन्त्रणका लागि विभिन्न ठाउँमा वन डढेलो ‘दस्ता’ संजाल निर्माण गर्न सुरु गरेको छ कुनै कारणवश डढेलो लागेपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय समुदाय र सरकारी निकाय जनप्रतिनिधि एकैपटक खट्ने प्रबन्धका लागि सो सन्जाल ले काम गर्ने डिभिजन बन अधिकृत ईश्वरीप्रसाद पौडेलले जानकारी दिए ।
पौडेल का अनुसार सन्जाल लाई बन डढेलो नियन्त्रण गर्न सव डिभिजन हरु मार्फत विभिन्न तालिम दिएर सक्षम बनाइने र काम मा परिचालन गरिने डिभिजन बन अधिकृत पौडेलले जानकारी दिए ।
पौडेलले भने वन डढेलो लाग्न नदिन प्रचारप्रसारलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सामुदायिक वनका पदाधिकारी उपभोक्ता, स्थानीय बासिन्दा, वन रक्षक, प्रहरीलगायत सरोकारवाला निकायको सहभागितामा जनचेतामूलक कार्यक्रम सञ्चालन गरेका छौ यसले सकरात्म सन्देस दिएको छ ।
‘डढेलोका कारण बिगतका बर्षहरुमा वन्यजन्तुको वासस्थानदेखि काठ दाउरा, जैविक प्रणालीमा नै ठूलो क्षति हुने गरेको छ,’ पौडेलले भने डढेलो नियन्त्रणका लागि डढेलो नियन्त्रण सञ्जाल गठन गरि परिचालन गरेको जानकारी दिँदै त्यसबाट सामुदायिक वन भएका गाउँमा डढेलो लाग्न नदिन प्रचारप्रसारका काम सगै डढेलो नियन्त्रण कम हुने अपेक्षा लिएको पौडेलको दाबि छ ।
पौडेल भन्छन डढेलो नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समूहको ठूलो योगदान हुने उल्लेख गर्दै उपभोक्ता समितिको क्षेत्राधिकारभित्र कार्यक्रम बनाउने र कार्यक्रम लागू गर्न वन कार्यालयले सब डिभिजन कार्यलय ले सहयोग गर्ने र परिचालन गर्ने छन ।
सो सञ्जालमा स्थानीय उपभोक्ता समिति, वनकर्मीलगायत सरोकार भएका निकाय रहनेछन् । आगलागी बढी हुने क्षेत्रमा गठन हुने उक्त सञ्जालले डढेलो लाग्न नदिन विभिन्न क्रियाकलाप सञ्चालन गर्ने र डढेलो लागेको अवस्थामा सबैको सहभागितामा नियन्त्रणमा ल्याउने प्रयास गर्नेछ ।
अर्घाखाँची मा गठन भएका प्रत्येक सञ्जालले ‘फायर फाइटिङ’ उपकरणसमेत प्रयोगमा ल्याउने बताइएको छ । हरेक वर्ष चैत पहिलो हप्तालाई वन डढेलो नियन्त्रण सप्ताहका रूपमा मनाउँदै आएको डिभिजन वन कार्यालयले शून्य वन डढेलो अभियानलाई केन्द्रित गरेर सर्तकता अपनाएको पौडेलले बताए ।
जिल्लाको सितगङ्गा सव डिभिजन वाणगङ्गा सव डिभिजन बन अन्तरगत पर्ने ११० सामुदायिक बन तथा सन्धिखर्क सब डिभिजन पाणिनि सव डिभिजन मालारानि छत्रदेव सव डिभिजन भुमिका स्थान सव डिभिजन अन्तरगतका विभिन्न ठाउहरुलाई अति सम्वेदनसिल मानि उच्च सत्रक्ता अपनाईएको त्यहि अनुसार सबै समेन्त्र परिचालन गरिएको डिभिजन बन अधिकृत पौडेलले बताए ।
कमेन्ट गर्नुहोस !