न्यायमा सर्वसाधारणको सहज पहुँच सुनिश्चित हुन जरुरी छःनगरप्रमुख श्रेष्ठ

सागर महत,जेठ ३१अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले न्यायमा सर्वसाधारणको सहज पहुँच सुनिश्चित गर्नु पर्ने विषयमा जोड दिनुभएको छ । उच्च अदालत तुल्सीपुर बुटवल इजलासको आयोजनामा र सन्धिखर्क नगरपालिकाको समन्वयमा न्यायिक बाह्य पहुँच कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
न्यायलयले सबै वर्गलाई समेटेर लैजान आवश्यक रहेको बताउनुभएको छ ।स्थानीयतहमा न्यायिक समिति बनेर न्यायका विषयबस्तुमा काम गरेको भएपनि यसलाई पुर्णता दिन सबै तर्फको सहयोगको खाँचो रहको नगरप्रमुख श्रेष्ठको भनाई छ ।कार्यक्रमको उद्देश्य ग्रामीण तथा टाढाका नागरिकहरूलाई न्यायकर्मीहरूसँग प्रत्यक्ष सम्पर्क गराउने, उनीहरूको समस्या बुझ्ने र कानुनी सेवामा पहुँच विस्तार गर्नु रहेको उच्च अदालत तुल्सीपुर बुटवल इजलासका प्रमुख न्यायधीश बासुदेव आचार्यले बताउनुभएको हो ।
यस्तै न्याय सम्पादनको कार्यलाई छिटोछरितो र गुणस्तरीय बनाउने, न्यायमा पहुँच अभिवृद्धि गर्ने, न्यायिक सुशासनको प्रवर्धन, अदालत व्यवस्थापनको सुदृढीकरण र न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धि मुख्य लक्ष्य रहेको उहाँले बताउनुभयो ।
न्यायाधीश तेजेन्द्र सापकोटाले सहजीकरण गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल ,सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुुसालले न्याय सबैलाई सम्मान हुनु पर्ने विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।कार्यक्रममा स्थानीयतहका न्यायिक समितिका पदाधिकारी र सरोकारवाला निकायको पनि सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !