अर्घाखाँचीमा नयाँ प्रमुख जिल्ला अधिकारी ढकालको आगमन

सन्धिखर्क ।अर्घाखाँचीमा सरुवा भई आउनु भएका नयाँ प्रमुख जिल्ला अधिकारी कमलराज ढकाललाई निजामती कर्मचारिहरुको आधिकारीक ट्रेड युनियन अर्घाखाँचीको संयोजनमा जिल्लामा क्रियाशिल ट्रेड युनियनहरुले संयुक्त रुपमा स्वागत गरेका छन।यस अघिकी प्रमुख जिल्ला अधिकारी मीना अर्यालको अध्यागमन कार्यालय गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा सरुवा भएपछि ढकालको जिल्ला आगमन भएको हो ।
स्वागत तथा शुभकामना कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले आफूले जिल्लाको शान्ति सुरक्षा र समग्र सेवा प्रवाहको लागि खटिन तयार रहेको बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य दिलिपकुमार के.सी., जिल्ला अध्यक्ष गणेश भण्डारी, राष्ट्रिय कर्मचारी संगठनका जिल्ला अध्यक्ष यादवप्रसाद सापकोटा, युनियनका जिल्ला सचिव अर्जुन प्रसाद रेग्मी लगायत सिबिए र विभिन्न ट्रेड युनियनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम सिबिएका जिल्ला अध्यक्ष कृष्ण वर्माको अध्यक्षता, उपाध्यक्ष हरि प्रसाद डुम्रेको स्वागत मन्तव्य र सह–सचिव नारायण दमासेको संचालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस !