कांग्रेस अर्घाखाँची भोली हुने दोस्रो जिल्ला सम्मेलनको अन्तिम तयारीमा जुट्यो

सन्धिखर्क ।नेपाली कांग्रेस अर्घाखाँचीको भोली (शनिबार)दोस्रो जिल्ला सम्मेलन हुने भएको छ । वडा र पालिका सम्मेलन सकेको कांग्रेसले जिल्लाका २ वटा क्षेत्र समावेश गरेर भोलि जिल्ला सम्मेलन सन्धिखर्कको सभागृहयमा गर्न लागिएको सभापति केशव श्रेष्ठले बताउनुभयो ।कार्यक्रमको अन्तिम तयारीमा रहेको जनाएको छ।
सम्मेलनलाई सभ्य, भव्य र प्रभावकारी बनाउन आम कार्यकार्तालाई उपस्थीतीको लागि अनुरोध गरिएको छ भने सम्मेलनमा पार्टीको गम्भीर समीक्षा, आगामी कार्ययोजना चुस्तदुरुस्त बनाउने र पार्टीका सबै संगठनलाई सशक्त क्रियाशील बनाउने राजनीतिक, सांगठनिक, आर्थिक प्रतिवेदन सम्मेलनबाट पारित गर्ने, संगठनलाई चलाएमान बनाउने गरी अगाडि बढ्ने लक्ष्य रहेको छ ।
कार्यक्रमा ६१ वटा वडा संगै ६ पालिकाबाट नेता तथा कार्यकर्ताको सहभागी हुने छ ।सम्मेलनलाई सम्बोधन गर्न केन्द्र तथा प्रदेश स्तरका नेताको सहभागी हुने जनाएको छ ।
कमेन्ट गर्नुहोस !