१४ वटा म्यानपावर कम्पनी निलम्बनमा परे

काठमाडौं । वैदेशिक रोजगारीका लागि आवश्यक भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्रका आधारमा नेपाली कामदारलाई जापान पठाएको अभियोगमा १४ वटा म्यानपावर कम्पनी निलम्बनमा परेका छन् ।

वैदेशिक रोजगार विभागका प्रवक्ता कविराज उप्रेतीका अनुसार उनीहरुलाई उजुरीका आधारमा अनुसन्धान जारी भइरहेको छ ।

सो अनुसार संलग्नता देखिएको आधारमा यी संस्थालाई निलम्बन गरी अनुसन्धान अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो। यस कार्यमा अन्य संस्था समेत संलग्न रहेको सम्बन्धमा भने अनुसन्धान जारी रहेको समेत विभागले जनाएको छ ।

जापानी भाषा तथा संस्कृतिको तालिममा यस्तो प्रमाणपत्र पेश भएको विभागको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close