अर्घाखाँचीमा दोहोरो नागरिकता बनाउने एक जना पक्राउ,२सय ६५ सवारी कारबाहीमा परे

सागर महत ,अर्घाखाँची ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दोहोरी नागरिकता बनाउने मालारानी गाउँपालिका वडा नम्बर ४ का४३ वषिर्य विष्णु खनाल भन्ने विष्णु पोखरेल सहित अन्य विभिन्न घटनामा संग्लन ८ जनालाई वैशाख महिनामा पक्राउ गरेको प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले बताउनुभएको छ।
दोहोरी नागरिकता बनाउने विष्णुलाई प्रहरीले म्याद थपी थप अनुसन्धान गरिरहेको बताउनुभयो ।नियमित मासिक पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।यस्तै जिल्लामा वैशाख महिनामा ३ जनाले आत्म हत्या गरेको बताउनुभएको हो ।यता १ महिनामा २सय ६५ सवारी कारबाहीबाट ट्रफिक प्रहरीले ३ लाख ७७ हजार बढी राजेश्व संकलन गरेको छ।
यस्तै सन्धिखर्क–गोरुसिङ्गे सडक खण्डको नरपानी ,ठाडा र डोहोटे सम्म चुनढुङ्गा बोक्ने टिपरमा जिल्ला सुरक्षा समन्वयको बैठकले टाइम कार्ड लागू गर्ने निर्णय गरेको प्रहरी नायव उपरिक्षक मल्लको भनाइ ।
अवैध भैंसी निकासी,अवैध बाख्रा निकासी र नतिजन्य पदार्थबाट निकासीबाट १ लाख ५२ हजार ३सय राजेश्व संकलन भएको छ भने यही मुद्वामा ९ जना पक्राउ परेका छन ।विपद जन्य घटनामा १७ लाख बढी क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले २सय १२ स्थानमा समुदाय प्रहरी कार्यक्रमबाट ४हजार २सय ४० नागरिकलाई जनचेतना मुलक कार्यक्रममा सहभागी गराएको हो ।
।
कमेन्ट गर्नुहोस !