अर्घाखाँचीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ९घाइते

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव ३ अर्चलनेटामा जन्ती बोकेको इभी गाडी दुर्घटना भएको छ।दुर्घटनामा परि ९ जना घाइते भएका छन । लुम्बिनी प्रदेश ०१–००१–ज–०१४० नम्बरको इभी गाडी आज बल्कोट पाली भित्री कच्ची सडक खण्डबाट अर्चलनेटा हुँदै बुटवल तर्फ विवाहमा जाँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
दुर्घटनामा चालक छत्रदेव गाउँपालिका ३ अर्चलनेटाका दुर्गा पाण्डे सोहि ठाँउकी सावित्रा भुसाल निलम भुसाल ,संगिता भुसाल ,तिर्सना भुसाल ,सिता भुसाल,अनिरुद्र भट्टराई ,कल्पना भारती र प्रेरण भुसाल घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।घाइतेको थप उपचारका लागि बुटवल पठाएको उहाँले बताउनुभयो ।
स्कुल बस लाई साईड दिने क्रममा गाडी दुर्घटना भै सडकदेखि ८ मिटर तल खसेको थियो ।
कमेन्ट गर्नुहोस !