श्रीकृष्णजन्माष्टमी पर्व पूजा–आराधना गरी मनाइँदै

काठमाडौं । आज ‘श्रीकृष्णजन्माष्टमी पर्व पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदै छ ।सोहि अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भदौकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
कमेन्ट गर्नुहोस !