सन्धिखर्क १ को आयोजनामा टोलस्तरका समस्या पहिँचान गर्न अन्तक्रिया कार्यक्रम सम्पन्न

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क मा रहेको सन्धिखर्क नगरपालिका वडा नम्बर १ले टोल विकाश सँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले किसानले उत्पादन गरेका बस्तु बजारीकरण गर्न हाट बजार बनाउन लागेको बताउनुभएको छ ।
नगरपालिकाले करिव ७ करोड लागतमा हाट बजार व्यवस्थापन गर्ने प्रक्रिया अगाडी बढाएको बताउनुभएको हो ।बस पार्कमा लाग्ने हाट बजारले दुर्घटनाको जोखिम भएकाले नगरपालिकाले कार्ययोजना अगाडी बढाएको बताउनुभएको हो ।यस्तै नगरपालिका जनताका सेवामा कुनै कन्सुसाही नराखी काम गरिरहेको बताउनुभयो ।सेवा प्रवाहलाई थप व्यवस्थापन गर्ने उदेश्यका साथ कार्यक्रम गरेकोमा वडा कार्याललाई धन्यवाद दिनुभयो ।
३१ वटा टोल विकास संस्था रहेको वडा कार्यालयले टोल स्तरमा भएका समस्या समधान गर्ने उदेश्यले कार्यक्रम राखेको वडा अध्यक्ष माधव श्रेष्ठले बताउनुभयो ।
यस आर्थिक वर्षमा वडाले हल गोरु पालक कृषकलाई नगद सहित सम्मान,बाल विकाश कक्षाको गुणस्तर शिक्षामा टेवा पुगोस भनेर शैशिक सामग्री प्रदान योजना छनोट गर्दा टोल स्तरको भेला लगायतका क्रियाकलाप गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
टोल विकास संस्थाका पदाधिकारीले छाडा कुकुर व्यवस्थापन,खोलाका नजिकै मासु काट्न प्रतिबन्ध,फोहोर व्यवस्थापन गर्न गाडी सहज उपलब्ध,विद्युतका तार व्यवस्थापन,पाणिनि क्याम्पस नजिक लाईटको व्यवस्थापन लगायतका माग तत्काल समधान गर्न माग गरेका छन ।
सन्धिखर्क नगरपालिका राजेश्व शाखा प्रमुख मुक्ती खनालले व्यवसयाय दर्ता गरेर मात्र संचालन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य टोल विकाश संस्थाका अध्यक्ष लगायतको सहभागीता रहेको कार्यक्रम वडा सचिव पुष्पा भुसाललको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !