नरपानीमा पशु उपचार तथा व्यवस्थापन तालिम सम्पन्न

नरपानी ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेढ नरपानीले आफ्ना शेयर सदस्य हरुलाई पशु उपचार तथा व्यवस्थापन तालिम प्रदान गरेको छ । पशुमा देखिने सामन्य समस्याहरु किसानले आफै समधान गर्न टेवा पुगोस भनेर तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।

तालीम संस्थाका अध्यक्ष सुनिता विक को अध्यक्षता, प्रबन्धक सरस्वती आचार्यको संचालन, प्रकाश महत्राको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रशिक्षक प्रकाश न्यौपाने , मान बहादुर थापाको प्रशिक्षण दिनुभएको हो। उक्त तालिममा सम्पूर्ण अन्तर समूहका ४० जना सहभागिको उपस्थिती रहेको थियो । सहभागि हरुले पशु सम्बन्धी तालिम पाएकोमा संस्था लाई धन्यवाद दिएका थिए । तालिम साना किसान विकास लघुवित्त वित्तिय संस्था शाखा कार्यालय बुटवल र संस्थाको आर्थिक सहयोग रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close