कृषकलाई तरकारी उत्पादन सम्बन्धी तालिम सन्धिखर्कमा सुरु

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ र २ स्मार्ट कृषि गाउँ समितिको आयोजनामा तरकारी उत्पादन प्रविधि तालिम सुरु भएको छ ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीको प्राविधिक सहयोगमा सुरु भएको तालिममा तरकारीको बिरुवा उत्पादन, नर्सरी, बिरुवा व्यवस्थापन , टर्नेल खेती , रोगकिराको पहिचान गरी निवारणको उपाय , मौसमी तथा बेमौसमी तरकारी खेती लगायतका विषयमा तालिम प्रदान गरिने कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्वी राज घिमिरेले जानकारी दिनुभयो ।


किसानहरूले तालिमपछि आधुनिक र व्यावसायिक तरकारी उत्पादनमा लाग्ने तालिमको उदेश्य भएको बताउनुभयो ।
३ दिन सम्म चल्ने तालिममा स्मार्ट कृर्षि गाउँ कार्यक्रम का अध्यक्ष प्रेमनारायण भुसालको अध्यक्षता कृषि अधिकृत टिकाराम न्यौपाने संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close