शान्ति समाजको सभापतिमा रेनुका पौडेल निर्वाचित

काठमाण्डौं ।मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सभापतिमा अधिवक्ता रेनुका पौडेल काठमाण्डौं निर्वाचित हुनुभएको छ । गैडाकोटमा सम्पन्न समाजको २७ औँ राष्ट्रिय परिषद् बैठकबाट केन्द्रीय कार्यसमितिको निर्वाचनमा वरिष्ठ उपसभापतिमा राजेन्द्र पौडेल चितवन, उपसभापतिमा अधिवक्ता लक्ष्मीनारायण मिश्र तेह्रथुम, उपसभापति ९महिला०मा अधिवक्ता धन थापा मोरङ, महासचिवमा प्रकाश शाही सुर्खेत र कोषाध्यक्षमा चन्द्रमणी बन्जारा ललितपुर निर्वाचित हुनुभएको हो ।

यसैगरी सचिव कोशी प्रदेशमा सन्तोष रौनियार सुनसरी, सचिव मधेस प्रदेशमा प्रेमचन्द्र पटेल पर्सा, सचिव वाग्मती प्रदेशमा दिवाकर पुडासैनी काठमाण्डौ, सचिव गण्डकी प्रदेशमा तिर्थराज न्यौपाने कास्की, सचिव लुम्विनी प्रदेशमा धनपति (डिपी) खनाल रुपन्देही, सचिव कर्णाली प्रदेशमा दिल्लीप्रसाद जैसी सल्यान, सचिव सुदुरपश्चिम प्रदेशमा भक्तबहादुर विश्वकर्मा कैलाली, सचिव (आदिवासी जनजाती)मा डोरविक्रम श्रीस गुल्मी, सचिव (महिला)मा रेनुका देवकोटा पाल्पा, सचिव (दलित)मा तुलसीराम सुनार दाङ, सचिव (मधेसी)मा ज्योति बाल्मिकी बाँके, निर्वाचित हुनुभएको हो ।

यसैगरी १० जना सदस्यहरुमा उमा गोतामे काठमाण्डौ, सुशिला रिजाल झापा, कौशल्या खनाल संखुवांसभा, निरमाया मिजार म्यग्दी, अरुण ज्ञवाली पाल्पा, भानुभक्त रिमाल नवलपुर, निर्मला गौतम दाङ, सिताराम कोइराला सुनसरी, शम्भु राउत चितवन, लालहरी पाण्डे रुपन्देही निर्विरोध निर्वाचित हुनुभएको छ ।
अब केन्द्रीय कार्यसमितिको बैठकले शान्ति समाजको विधान अनुरुप न्युनतम ५ जना महिलासहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close