अर्घाखाँचीमा कृषकले ४४ किलोको कुभिण्डो फलाए

सन्धिखर्क ।अर्घाखाँचीमा ४४ किलोको कुभिण्डो फलाएको छ ।
सन्धिखर्क नगरपालिका वाङलाका बिष्णु भण्डारीले ४४ किलोको कुभिण्डो फलाउनुभएको हो ।कुभिण्डोलाई माघ १ गते सन्धिखर्कको त्रिवेणी धाममा सम्पन्न कृषि मेलामा समेत प्रर्दशनमा राखिएको थियो।
कुभिण्डो गर्मीको मौसमी तरकारी हो । यसको तरकारी मात्र होइन, मिठाई पनि बनाएर खाने चलन छ । कुभिण्डोको तरकारी खाने चलन त लामो समयदेखि नै छ ।
कमेन्ट गर्नुहोस !