बुटवल सडक दुर्घटनामा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग

टेकराज भुसाल,बुटवल । गत मंसिर २८ गते राति बुटवलको तिनाउ पुल नजिकै भएको सडक दुर्घटनामा मृत्यु भएका कपिलवस्तुका २३ वर्षिय स्वर्गीय हरि शर्मा (न्यौपाने)को परिवारलाई आर्थिक सहयोग गरिएको छ।नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघ केन्द्रीय समितिको तर्फबाट स्वर्गीय हरि शर्मा (न्यौपाने)को परिवारलाई नगद रु ५० हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरिएको हो।नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघको आठौं वार्षिक साधारणसभाको अवसर पारेर पुस २४ गते स्वर्गीय न्यौपानेको परिवारको तर्फबाट अर्घाखाँची क्याटरिङ्ग एण्ड पार्टी प्यालेस प्राली बुटवलका संचालक ज्ञानप्रसाद खनाललाई नगद रकम हस्तान्तरण गरिएको हो।
अर्घाखाँची क्याटरिङ्ग एण्ड पार्टी प्यालेस प्राली बुटवलका संचालक ज्ञानप्रसाद खनालले नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघ केन्द्रीय समितिको तर्फबाट आएको ५० हजार ५ सय रुपैयाँमा अर्घाखाँची क्याटरिङ्ग एण्ड पार्टी प्यालेसको तर्फबाट ५० हजार रुपैयाँ थप गरि स्वर्गीय न्यौपानेको परिवारमा हस्तान्तरण गर्ने समेत बताउनुभएको छ।
स्वर्गीय न्यौपानेले बुटवल १३ बेलवासमा रहेको अर्घाखाँची क्याटरिङ्ग एण्ड पार्टी प्यालेस प्रालीमा गाडि चालकका रुपमा काम गर्दै आउनुभएको थियो।
कमेन्ट गर्नुहोस !