जेठभित्र स्थानीयतहको चुनाव गर्न गठबन्धनको सहमती

काठमाण्डौं ।सत्तारुढ गठबन्धन दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएका छन् ।बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो ।निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवामार्फत सरकारलाई सुझाव दिएको हो।

बैठकपछि कांग्रेस केन्द्रीय सदस्य तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्न दलहरू सहमत भएको जानकारी दिए।निर्वाचन आयोगले भने स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै त्यसको दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई दबाव दिँदै आएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close