त्रिवेणी सहकारीद्वारा दुर्घटना बापतको २ लाखको चेक मृतकका परिवारलाई हस्तान्तरण

सन्धिखर्क । त्रिवेणी बचत तथा ऋण सहकारी संस्था सन्धिखर्कले दुर्घटनामा परी मृत्यु भएका सेयर सदस्यको परिवारलाई दुर्घटना बिमा बापतको २ लाख रकम भुक्तानी गरेको छ ।

गत असार २३ गते त्रिवेणीको सेयर सदस्य बन्नुभएका सन्धिखर्क नगरपालिका वडा नम्बर १० निवासी बल बहादुर खत्रीको असौज १२ गते दुर्घटनामा परि मृत्यु भएको थियो । ४ हजार २ सय ४७ रुपैंया मात्र जम्मा गर्नुभएको बल बहादुरको त्रिवेणीमा जोडिएको ४ महिनामै मृत्यु भएको हो ।

सो रकम बल बहादुर कि श्रीमती रमनी पाण्डे खत्रीलाई त्रिवेणीले नेको इन्सोरेन्ससंग गरेको शेयरसदस्य दुर्घटना बिमा मार्फत प्राप्त २ लाख रुपैंया एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको त्रिवेणीका अध्यक्ष कमल प्रसाद घिमिरेले बताउनुभएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा सन्धिखर्क २ का वडा अध्यक्ष मोतिजंग रायमाझी,त्रिवेणीका कार्यालय प्रमुख तुल्सीराम खनाल,  सचिव नारायण प्रसाद भुसाल लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close