सन्धिखर्कमा ॐ कारेश्वर शिवालयकाे साधारणसभा तथा अधिवेशन सम्पन्न

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क २, घोचेखोलामा रहेको ॐ कारेश्वर शिवालय मन्दिरको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।महाशिवरात्रीको अवसरमा ॐ कारेश्वर शिवालय मन्दिरमा विशेष पुजा तथा रुद्राभिषेक पुजा पनि सम्पन्न भएको छ ।
कार्यक्रममा सन्धिखर्क २ का वडा अध्यक्ष मोतिजंग रायमाझी, १० का कार्यवाहक अध्यक्ष हरिलाल पराजुली, सचिव विष्णुप्रसाद आचार्य, जीव नारायण आचार्य, पत्रकार प्रेमनारायण आचार्य लगायतले मन्तव्य राख्नुभएको थियोे ।साधारण सभाले जीवनारायण आचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती निर्वाचित गरेको छ । जस्को उपाध्यक्ष भक्ति प्रसाद बन्जाडे, सचिव विष्णु घर्ती, कोषाध्यक्ष अस्मिता आचार्य र सहसचिव पवित्रा भण्डारी रहनु भएको छ ।
सदस्यमा जीवन आचार्य, मिना भुसाल, विष्णु आचार्य, राजेन्द्रप्रसाद पाण्डे, भरत केसी र कमला मिश्र रहनु भएको छ ।
रामु केसीको संयोजकत्वमा, प्रेमनारायण आचार्य, रेमलाल बन्जाडे, जानका बन्जाडे,शान्ता पन्थी, प्रेम क्षेत्री र नुम प्रसाद भुसाल सदस्य रहेको ७ सदस्यीय सल्लाहकार समिति निर्माण गरेको छ ।
कार्यक्रममा शिवालय क्षेत्र निर्माणमा योगदान पुराउने व्यक्ति , संघ सस्था र आजिवन सदस्यलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रम रामु केसीको अध्यक्षता, विष्णु घर्तीको सञ्चालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !