बुटवल र काठमाण्डौंमा प्राप्त गर्ने सेवा पाणिनि गाउँपालीकाबाट प्राप्त गर्दा स्थानीय हर्षित

सागर महत,सन्धिखर्क ।
बुटवल काठमाण्डौंमा प्राप्त गर्ने सेवा गाउँमा प्राप्त गर्दा अर्घाखाँचीको पाणिनि गाउँपालिकाका जेष्ठ नागरिक हर्षित भएका छन ।ति मध्येका पाणिनि ७का तिलक बहादुर थामीले विशेषज्ञ डाक्टरबाट कानको उपचार गराउन पाउँदा निकै खुशी भएको बताउनुभयो।
पाणिनी गाउँपालिका र श्रवण हेयरिङ एण्ड चाहिल्ड केयर सेन्टर बुटवलको आयोजनामा विशेष गरि जेष्ठ नागरिक तथा अटिजमका बिरामीहरुको लागि एक दिने शिविर संचालन गरिएको हो ।शिविरबाट करिव २ जना बिरामीले सेवा लिएका छन ।शिविरमा कान नसुन्नेका लागि आवश्यकताको आधारमा मेसीन समेत प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेको भनाइ छ ।
जसले बाहिरको आवाज सुन्न सक्नुहुन र गाउँका बस्तीबाट उपचार गराउन आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसक्नेका लागि यो शिविर प्रभावकारी भएको लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री भुमेश्वर ढकालले बताउनुभयो ।
पाका पुस्कालागी यो शिविर निकै फलदायी भएको लुम्बिनी प्रदेशका सांसद रामजी प्रसाद घिमिरेले बताउनुभयो ।
शिविर आवश्यकताको आधारमा आउँदा दिनमा पनि यहाँका नागरिकको मागको आधारमा शिविर संचालन गर्ने पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेको भनाइ छ ।
शिविरमा सहभागीहरुको आधारलाई मान्य हो भने कान नसुन्नेको संख्या धेरै रहेको देखिन्छ ।यि यस्ता शिविरको परिणाम मुखी गर्नको लागि गाउँपालिकाले वर्षको कम्तीमा २ पटक शिविर आयोजना गरेमा यहाँका नागरिकलाई सहज हुन्छ भने सस्तो लोकप्रियताका लागि १ पटक शिविर गरेर अर्केा पटक नगरेमा राज्यको लगानी बालुवामा पानी जस्तै हुन्छ ।
कमेन्ट गर्नुहोस !