रास्वपा अर्घाखाँचीको सभापतिमा पुन भुसाल चयन

सागर महत,सन्धिखर्क ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको प्रथम जिल्ला भेला सन्धिखर्कमा सम्पन्न भएको छ । भेलाले पुन हरिप्रसाद भुसालको सभापतित्वमा नेतृत्व चयन गरेको छ ।
जसको उपसभापतिमा कमलप्रसाद मरासीनी,सचिवमा बाबुराम घिमिरे,सह—सचिवमा चिरञ्जिवी सुनार चयन हुनुभएको छ । यस्तै सदस्यमा रमा खनाल,बाबुराम भुसाल,लक्ष्मण भट्टराई,पिताम्बर सेजुवाल,रामप्रसाद पोखरेल चयन हुनुभएको छ ।

यस्तै उदघाटन कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले सभापति रवि लामिछानेलाई सहकारी रकम अपचलन काण्डमा फसाईएको बताउनुभएको छ ।जसमा राजनितिक यात्रा नहुँदैका व्यक्तिगत मुद्दा उठान गरेर पार्टीलाई बदनाम गर्न समेत खोजिएको आरोप लगाउनुभयो ।
उहाँले सहकारी काण्डमा लामिछानेलाई अनुसन्धान गरेजस्तै गिरीबन्दु, नक्कली भुटानीसरणार्थी काण्ड, वाडबढी घोटलामा संग्लनलाई पनि कानुनको दायरामा ल्याउन आग्रह गर्नुभयो ।

सांसद गौतमलले देशमा संघियता आएपनि त्यसको कार्यन्वयनमा नतिजा नदेखिएको बताउनुभयो । यसमा राजनितिक दलले केन्द्र ,प्रदेश र स्थानीय क्षेत्रमा भागबण्डा गर्दै आएको बताउनुभएको छ ।

२०८४ को निर्वाचनमा पार्टीले तिनै तहका सम्पुर्ण क्षेत्रमा उम्मेदवार उठाउने समेत सांसद गौतमले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close