बाइडेनले रुसभित्र मिसाइलहरू प्रहार गर्न अनुमति दिए

एजेन्सी,वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमाथि आक्रमण गर्नका लागि अमेरिकाले उपलब्ध गराएको लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्न युक्रेनलाई ग्रीन सिग्नल दिएका छन् । एक अमेरिकी अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई यो कदम अमेरिकी नीतिमा ठुलो परिवर्तन भएको पुष्टि गरेका हुन्।

महिनौँदेखि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले एटीएसीएमएस भनेर चिनिने मिसाइलहरूमाथिको प्रतिबन्ध हटाउन आग्रह गर्दै आएका थिए । अब कीएभले आफ्नै सिमाना बाहिर मिसाइल प्रहार गर्न अनुमति पाएको छ।

आइतबार रिपोर्टहरूमा प्रतिक्रिया व्यक्त गर्दै उनले भने, त्यस्ता चीजहरू घोषणा गरिँदैन, मिसाइलहरू आफैँ बोल्छन्।ू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि पश्चिमी राष्ट्रहरूको यस्तो कदमको विरुद्धमा चेतावनी दिँदै यसले युक्रेन युद्धमा नेटो सैन्य गठबन्धनको ूप्रत्यक्ष सहभागिताू लाई प्रतिनिधित्व गर्ने बताएका थिए।

बेलायत र फ्रान्सले बाइडेनको निर्णयप्रति प्रतिक्रिया जनाएका छैनन्। एटीएसीएमएस ३ सय किलोमिटर टाढासम्म पुग्न सक्छ । उच्च गतिको कारण तिनीहरूलाई अवरोध गर्न गाह्रो हुन्छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close