काबुलमा बम बिस्फोटमा कम्तिमा ३० जनाको मृत्यु

काठमाण्डौं ।अफगानिस्तानको राजधानी काबुलमा बम बिस्फोटमा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।घटनामा परेर दर्जनौ घाइते भएको बीबीसीले जनाएको छ ।राजधानी काबुलको पश्चिमी क्षेत्रमा रहेको एक माध्यमिक विद्यालय नजिकै भएको कार बम विस्फोटमा ज्यान गुमाउनेहरु धेरैजसो बालिका रहेका छन् । हिजो बेलुकी विद्यालय बिदा भएर विद्यार्थीहरु घर फर्किदै गर्दा विस्फोट भएको अफगानिस्तानको शिक्षा मन्त्रालयका प्रवक्तालाई उदृत गर्दै बीबीसीले जनाएको छ । विस्फोटको घटना तालिवानी आतंककारीले गराएको हुनसक्ने सरकारी आशंका भएपनि कुनै पनि संगठनले जिम्मेवारी लिएका छैनन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close