बच्चा जन्माउने दम्पतीलाई १७ लाख रुपैयाँसम्म पुरस्कार र १ वर्षसम्म विदा

काठमाडौं। लामो समयसम्म एक सन्तान नीति अपनाएको देश चीनमा अहिले भने दम्पतीहरुलाई धेरै बच्चा जन्माउन प्रोत्साहित गरिँदैछ । चीनको जनसंख्यामा ठूलो असन्तुलन आउन थालेपछि चीनले बच्चा जन्माउन प्रोत्साहन गरिरहेको छ । यसै सिलसिलामा चीनका कैयौं कम्पनीहरुले कर्मचारीहरुलाई बच्चा जन्माउन प्रोत्साहित गर्न विभिन्न अफर ल्याएका छन् । यहाँको एक कम्पनीले कर्मचारीलाई तेस्रो बच्चा जन्माएवापत ९० हजार युआन (१७ लाख रुपैयाँ) बोनस र १ वर्ष विदा दिने घोषणा गरेको छ ।

अल जजीरामा प्रकाशित एक रिपोर्टका अनुसार चीनको बेइजिङ दाबेइनोंग टेक्नोलोजी ग्रुपले आफ्ना कर्मचारीलाई बच्चा जन्माउँदा १७ लाख रुपैयाँसम्म बोनस दिने अफर गरेको हो । कम्पनीले पहिलो बच्चा जन्माउँदा ३० हजार युआन र १ महिना विदाको अफर दिएको छ । यदि त्यही कर्मचारीले दोस्रो बच्चा जन्माएमा बोनस रकम दोब्बर भएर ६० हजार युआन र विदा समय बढेर ३ महिना हुनेछ । यस्तै तेस्रो बच्चा जन्माएमा बोनस रकम तेब्बर भएर ९० हजार युआन र विदा बढेर १२ महिना पुग्नेछ ।dcnepal

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close