कांग्रेस अर्घाखाँचीको पार्टी संगठन सुदृढीकरण अभियान मालारानी ७ मा सम्पन्न

सन्धिखर्क । नेपाली कांग्रेस अर्घाखाँचीको पार्टी सङ्गठन सुदृढीकरणको सयदिने अभियान अन्तर्गत मालारानी गाउँपालिका वडा नम्बर ७ बामरुकमा सम्पन्न भएको छ । अभियानमा खटिनुभएका कांग्रेस मालारानी गाउँपालिका सभापति सोभाखर खनालले यो अभियानले कांग्रेसका नेता तथा कार्यकर्तालाई अभियानले एक ढिक्का बनाउने बताउनुभयो ।

सयदिने अभियानका क्रममा पार्टी कार्यालय व्यवस्थित गर्ने, मासिक रुपमा सबै तहका बैठक र वडा तहसम्म यथाशीघ्र सम्मेलन गर्ने, वार्षिक कार्ययोजना बनाउने, सङ्गठन विस्तारका लागि सामाजिक र राजनीतिक गतिविधि बढाउने, सदस्यता घरआँगन कार्यक्रमलाई प्रभावकारी बनाइने उदेश्य रहेको छ ।मालारानी गाउँपालिका वडा नम्बर ७ का नेपाली कांग्रेसका सभापति गोविन्दराज रेग्मीको अध्यक्षतमा भएको कार्यक्रममा जिल्ला सदस्य हरि प्रसाद खनाल,मालारानी गाउँपालिका सभापति सोभाखर खनाल,क्षेत्रीय प्रतिनिधि संजय पाण्डे लगायतको सहभागीता रहेको कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close