अर्घाखाँचीको मालारानीमा भिरबाट लडेर एक जनाको मृत्यु

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ गुराँसेमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । भिरबाट लडेर ५८ वर्षिय लाल बहादुर खडकाको मृत्यु भएको हो ।
शनिबार बिहान देउराली पुजा खान गएको र घरमा बेलुका सम्म नआएपछि आफन्तले खोज्ने क्रममा घर नजिकै पर्ने भिरबाट लडेर गम्भीर घाइते अवस्थामा फेला पारेका थिए । खड्कालाई उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।उनी भिरबाट करिव २सय मिटर तल खसेका थिए ।
कमेन्ट गर्नुहोस !