आगोले खरानी बनेको घर बनाइदिएपछि छत्रदेवकी धनकलामा खुशी

केशव पन्थी ,छत्रदेव ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ४ फसिन्डाँडा निवासी ७९ वर्षकि धनकला पाण्डेको केही महिना अगाडि घरमा आगोलागि भई पुर्णरुपमा क्षति भएको घर निर्माण गरिएको छ ।आर्थिक अवस्था कमजोर भएकाले घर निर्माण गर्न नसकेकी पाण्डेको घर स्थानीयको पहलमा निर्माण सम्पन्न भएको हो ।आगोले खरानी बनेको घर बनेपछि पाण्डे निकै खुशी हुनुभएको छ ।
सामाजिक अभियान्ताहरु नारायण प्रसाद खनाल, पशुपति पाण्डे,कमल पोख्रेल ,रामु खनाल र अमित पाण्डेको सक्रियतामा जम्मा ४ लाख ८७ हजार ७३ रुपैया संकलन भएकोमा ३ लाख ९३ हजार २ सय ४४ रुपैयामा खर्च भएको ९३ हजार ६सय ७४ रुपैयाको चेक र नयाँ घर आज गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ,उपाध्यक्ष मनि पन्थी र वडा अध्यक्ष भिमलाल खनालको उपस्थितमा हस्तान्तरण गरिएको छ।

उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष, चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष मनि पन्थी, सामाजिक अभियान्ता पशुपति पाण्डे, स्वास्थ्य कर्मी रुपलाल पन्थीले यो अभियानको लागि सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रम वडा अध्यक्ष भिमलाल खनाको अध्यक्षता र संन्चालन सामाजिक अभियान्ता नारायण प्रसाद खनालले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close