सागर महत,अर्घाखाँची ।
अविरल बर्षा संगै खसेको पहिरोले बन्द भएको गोरुसिंगे —सन्धिखर्क सडक खुलेको छ।
सन्धिखर्क नगरपालिकाको दहखोला र शितगंगा नगरपालिकाको राजुबासमा पहिरो हटाएपछि सडक खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिनुभयो ।
सडक खुलेपछि जिल्ला बाहिर जाने र बाहिरबाट जिल्ला आउने यात्रुहरु गन्तव्यमा लागेका छन् ।
कमेन्ट गर्नुहोस !