आजदेखि सरकारी कार्यालय खुले

काठमाडौं । बडादशैँको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुलेका छन। बडादशैँको अवसरमा सरकारले फूलपातीदेखि द्वादशीसम्म बिदा दिएको थियो।
बिदा सकिए पनि मान्यजनको हातबाट टीका लगाउने क्रम पूर्णिमासम्म नै चल्छ। पूर्णिमा कात्तिक १ गते परेको छ।आजबाट कार्यालय खुल्ने भएपछि थातथलोबाट कर्मथलो फर्किनेको लर्को लागेको छ। सवारीसाधनमा यात्रुको घुइँचो बढेको छ।
कमेन्ट गर्नुहोस !