रेसुंगा विमानस्थलबाट मौसम खराबीका कारण उडान अवरुद्ध

गुल्मी ।गुल्मीको रेसुंगा विमानस्थलबाट मौसम खराबीका कारणले ४ असोजदेखि उडान अवरुद्ध भएको छ । दशैंको मुखमै उडान अवरुद्ध भएको हो ।
नेपाल एयरलाइन्सको ट्वीन अटर जहाजले हप्ताको २ दिन बुधबार र शुक्रबार काठमाण्डौं बाट उडान गर्दै आएको थियो । एक समय यात्रुको चाप बढेको भन्दै सातामा तीन उडान गरिएको थियो । तर पछिल्लो समय शुक्रबार मात्र उडान हुने गरेको नेपाल एयरलाइन्सका रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले बताए ।
कमेन्ट गर्नुहोस !