पत्रकार महासंघ अर्घाखाँची पर्यटन प्रबद्र्वन कार्यक्रम उद्घाटनको तयारीमा जुट्यो

सन्धिखर्क ।पत्रकार महासंघ अर्घाखाँची शाखाको आयोजनामा सुरु भएको पर्यटन प्रबद्र्वन कार्यक्रममा उद्घाटन कार्यक्रमको लागि १४ वटा उप–समिति गठन गरि बुधबार जिम्मेवारी तोकिएको छ ।

जसअन्तर्गत पत्रचार ,ब्यानर, झाँकी तथा फोटो प्रर्दशनी, प्राथमिक उपचार कक्ष, मोबाइल रिङ ब्याकटोन, स्वागत, मोटरसाइकल ¥याली लगायतका क्षेत्रको लागि जिम्मेवारी तोकिएको पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले बताउँनुभयो ।

माघ १ गते सन्धिखर्क कार्यक्रम उद्घाटन गर्नको लागि प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)आउने भएपछि जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले प्रधानमन्त्री संग जिल्लाको मुख्य समस्या उठान गर्नको लागि ६ वटै पालिका संग समन्वय गरेर विषय उठान गर्ने बताउनुभयो ।पर्यटन प्रबद्र्वन सबैको साझा भएकाले सबै क्षेत्रबाट साथको आवश्यता रहेको बताउनुभयो ।कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका पुर्व अध्यक्ष विष्णु भुसाल, लगायतको सहभागीता रहेको कार्यक्रम प्रवक्ता हृदय कुमार भुसालको संचालनमा सम्पन्न भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close