अर्घाखाँचीमा पौडी खेल्ने क्रममा डुबेर २ युवाको मृत्यु

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भुमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौरको देउराली नेटाका १९ वर्षीय दिलिप नेपाली र १७ वर्षीय अशोक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
वडा नम्बर १० मै पर्ने झिमरुक खोलामा पौडी खेल्न गएका ६ जनामध्ये २ जनाले मृत्यु भएको हो। पौडी खेल्न रहमा गएका २ युवा धेरैबेर पानी बाहिर नआएपछि संगै गएका साथीहरूले आफन्तलाई खबर गरेका थिए।
आफन्त र धनचौर प्रहरीको खोज तलासपछि मृत भेटिएका दुवै जनालाई पोष्टमार्टमका लागि अर्घाखाँची अस्पतालमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विष्णु प्रसाद पौडे्लले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !