देश निर्माणमा महिलाको अर्थपुर्ण सहभागीता अहिलेको आबश्यक्ता होःअध्यक्ष हमालको भनाइ

प्रेमनारायण आचार्य,सन्धिखर्क ।
अखिल नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष टुकाभद्र हमालले हरेक आन्दोलनमा महिलाको प्रमुख भूमिका रहेको बताउनु भएको छ ।
२०६२/६३ को जनआन्दोलनमा महिलाहरुको अर्थपूर्ण सहभागीताबाट देशमा निरंकुस राजतनत्रको अन्त्य भएर देशमा गणतन्त्र स्थापना भएको उहाँको भनाई छ । महिलाहरु समानुपतिक र समावेसी कोटामा मात्र हैन सबै तहमा पुरुष सरह सक्षम हुदाहुदै पनि अवसरबाट बञ्चित भएको बताइन् ।
नेकपा एमाले निकट अखिल नेपाल महिला संघ अर्घाखाँचीको ११ औं जिल्ला सम्मेलनको सन्धिखर्कमा उद्धाटन् गर्दै अध्यक्ष हमालले हरेक तहमा महिलाको अर्थपुर्ण सहभागीता अहिलेको आबश्यक्ता रहेको बताउनु भयो ।
कार्यक्रममा अनेमसंघकी लुम्बिनी प्रदेश इन्चार्ज लिला राना, नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल , प्रतिनिधि सभा सदस्य तथा प्रदेश सह इन्चार्ज बिजुला रायमाझी सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ , एमाले जिल्ला उपाध्यक्ष शम्भु पोख्रेल, सचिव तोजबहादुर रायमाझी, उपसचिव खगेश्वर पन्थी, सन्धिखर्क नगरपालिकाकी उपप्रमुख उपप्रमुख मिश्रा आचार्य, केन्द्रिय सदस्य माया भुसाल, महिला नेतृ पवित्रा पौडेल, प्रदेश अध्यक्ष पम्फाबति खनाल ,नेपाल महिला संघकि जिल्ला कोषाअध्यक्ष चन्द्रा गैरे, अखिल नेपाल क्रान्तिकारी महिला संगठनकि नेता सकुन्तला राना लगायतको उपस्थितिमा उद्धाटन समारोह सम्पन्न भएको थियो ।
सम्बृद्व नेपाल सुखी नेपाली हाम्रो अभियान ,समान अधिकारका लागी सुदृढ संगठन भन्ने मुला नाराका साथ सम्पन्न हुन लागेको सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने जिल्ला अध्यक्ष दीपा आचार्यले बताउनुभयो ।
उद्धाटन समारोह संघकि जिल्ला अध्यक्ष दिपा आचार्यको अध्यक्षता, उपाध्यक्ष सुनिता भट्टराईको स्वागत मन्तव्य र सचीव मेनुका पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस !