अर्घाखाँचीमा एक वर्षको अवधिमा ५९ जनाले गरे आत्महत्या

सागर महत /अर्घाखाँची ।अर्घाखाँचीमा एक वर्षका ५९ जनाले हात्महत्या गरेका छन् ।आर्थिक वर्ष २०७८/०७९ तथ्यांक अनुसार पुरुष ३८ महिला २१ जना गरि ५९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिनुभयो । आत्महत्या गर्नेमा ९ वर्षकी बालिकादेखि ९३ वर्षका पुरुष समेत रहेका छन् ।

आत्महत्याका कारण गरीबी,डिप्रेसन, लिनदेन, मायाप्रेम र दीर्घरोगी लगायतका कारण रहेको प्रहरीको अनुसन्धानको क्रममा फेला परेको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा ८० जनाले आत्महत्या गरेका थिए ।

जसमध्ये पुरुष ४७ जना र महिला ३३ जनाले आत्महत्या गरेकोमा समुदायस्तरदेखि विद्यालय लगायतका क्षेत्रमा सचेतना कार्यक्रम गरेकाले २०७८/०७९ तथ्यांकमा आत्महत्या गर्नेको संख्यामा केही कमी आएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close