गुल्मीमा पहिरोले घर पुर्दा ४को मृत्यु ,१बेपत्ता

गुल्मी। गुल्मीमा पहिरोमा पुरिएर ४ जनाको जनाको मृत्यु भएको छ । १ जना बेपत्ता भएका छन् । मालिका गाउँपालिका वडा नम्बर ६ कडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका ४जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
गुल्मीमा गएराती अबिरल वर्षा भएको थियो । पहिरोले पुरेको बारे जानकारी आज बिहान मात्रै प्राप्त भएको थियो ।
पहिरोमा पुरिएर भेषबहादुर बिक, बुहारी सिता बिक, नातिनी सपना बिक र बिना बिकको शव फेला परेको मालिका गाउँपालिका वडानम्बर–६ का वडाअध्यक्ष दिपक भण्डारीले बताउनुभयो । पहिरोमा भेषबहादुरकी श्रीमती बेपत्ता भएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !