प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको समर्थन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन गरेका छन ।प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १ सय ८८ सांसदको समर्थन जुटेको हो । जम्मा २ सय ६३ सांसद प्रतिनिधि सभाको बैठकमा आज उपस्थित रहेकोमा प्रधानमन्त्री ओलीको विपक्षमा ७४ र उहाँलाई मत दिन्न भन्ने पक्षमा १ मत परेको हो ।

२ सय ७५ सदस्यीय तल्लो सदन प्रतिनिधि सभामा बहुमतका लागि १ सय ३८ सिट आवश्यक पर्छ । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा गएको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close