आजदेखि ३ दिन सम्म वर्षाको सम्भावना

काठमाण्डौं ।आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुवै प्रणालीको प्रभावले शनिवार बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएको छ । महाशाखाले हिजो बेलुका मनसुन विशेष मौसम बुलेटिन प्रकाशित गरी सतर्कताका लागि अनुरोध गरेको हो ।
आजदेखि तीन दिनसम्म कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै ठाउँमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।अति भारी वर्षा हुने सम्भावना भएका ठाउँमा बाढी पहिरोको सम्भावना भएकाले सतर्क रहन महाशाले अनुरोध गरेको छ ।
कमेन्ट गर्नुहोस !